वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

11k Shares

चितवन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह गरिएको छ ।  फागुन लागेपछि वन क्षेत्रमा हुने आगलागीका कारण विभिन्न समयमा धनजनको क्षति हुने भएकाले निकुञ्ज र वन क्षेत्रमा आगलागी हुन नदिन सबैलाई अनुरोध गरिएको हो ।

डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जले वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सबैलाई तयारी हुन आग्रह गरेका छन् । वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार कार्यालय मातहतका सवडिभिजनलाई पत्राचार गरिसकिएको छ । सबै सवडिभिजनमा अग्नि नियन्त्रण समूह गठन गरी आगो निभाउन, अग्नी नियन्त्रण रेखा स्थापना गर्ने लगायतका काम भइरहेको उनले बताए । बरण्डाभार क्षेत्रमा बढी मात्रामा आगोको जोखिम रहेकाले सबै क्षेत्रमा अग्नि रेखा कायम गरी यसलाई स्थापित गर्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचार