विद्यालयमा न्यायिक संवाद

8.2k Shares

रुकुमपश्चिम। रुकुम जिल्ला अदालतले विद्यालयस्तरमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गरेको छ। यसअघि समुदायस्तरमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको अदालतले मुसीकोट नगरपालिका–१ खलङगामा रहेको विजयश्वरी सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा न्यायिक संवाद गरेको हो।  

विद्यालयस्तरमा कानुन तथा न्याय सम्बन्धी विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यका साथ अदालतले उक्त कार्यक्रम गरेको जनाएको छ। अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार ग्रामीण क्षेत्रको समुदायस्तर र कानुन संकायका विद्यार्थी बिच यो कार्यक्रम हुने गरेको छ। विद्यालयस्तरमा गरिएको संवाद कार्यक्रममा विभिन्न क्षेत्रमा हुने कानुनी अपराध र अधिकारको बारेमा जानकारी गराउनुका साथै फौजदारी र देवानी कानुन, साइबर अपराध, बाल विवाह लगायतका विषयका बारेमा जानकारी गराइएको छ।

सम्बन्धित समाचार