किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र किसान सक्रिय हुनुपर्नेमा जोड

9.1k Shares

काठमाण्डौ – सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन तीन तहका सरकार र किसान सक्रिय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । साथै जनचेतनामुलक कार्यक्रम बढाउनुपर्ने आवश्यकता पनि देखिएकोमा धेरैको जोड छ ।

कृषि पेसालाई रोजाइको पेशाको रुपमा विकास गर्न किसानको पहिचान, पहिचानपछि वर्गीकरण र सूचीकरण भएसँगै कृषिको सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय किसान आयोगले हिजो जनकपुरधाममा गरेको किसान सूचीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले किसानको पहिचान कायम गर्न सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरणमा सहभागी हुन किसानलाई आग्रह गर्नुभएको छ । उहाँले किसानको पहिचान नभएसम्म सरकारले दिने अनुदान र सेवा सुविधा पाउन कठिन हुने बताउनुभयो ।

सम्बन्धित समाचार