आज थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण

18.5k Shares
२५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको जानकारी दिए। 
देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 
सम्बन्धित समाचार