धनगढी– सुदूरपश्चिम प्रदेश सभाले ४३ जना प्रदेश सांसदहरूलाई नयाँ ल्यापटप दिने तयारी गरेको छ । विकास निर्माणका काममा गति दिन नसकेको र कानून बनाउन सुस्त रहेको प्रदेश सभाले सांसदहरूलाई झण्डै आधा करोडका ल्यापटप बाँड्न लागेको हो ।
प्रदेश सरकारमा सहभागी भएका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री बाहककालाई दिन लागेको हो । दैनिक काम कारबाही चुस्त बनाउन र प्रविधिमैत्री काममा सांसदको भूमिका र जिम्मेवारी बढाउन महँगा ल्यापटप वितरण गर्न लागिएको प्रदेश सभाले जनाएको छ । प्रदेशसभा सचिवालयले नयाँ ल्यापटप खरिद प्रक्रियासमेत अगाडि बढाइसकेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य छन् । तीमध्ये ४३ जना सांसदका लागि ल्यापटप खरिद गर्न लागिएको हो । जसका लागि ४७ लाख २९ हजार ९ सय ९३ रुपैयाँ ५५ पैसामा टेन्डर भएको छ ।