समस्याग्रस्त आयोजनामा समाधान खोज्नुपर्छ : उपप्रधानमन्त्री सिंह

9.7k Shares

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरुमा समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ । मङ्गलबार शहरी विकास मन्त्रालयअन्तर्गतका कार्यालय प्रमुखहरुलाई मन्त्रालयमा बोलाएरै उहाँले समस्याग्रस्त आयोजनाबारे चासो राख्नुभएको हो । उहाँले आयोजनामा के कारणले समस्या देखिएको हो त्यसबारे पहिचान गरि तत्काल समाधान निकाल्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयमै भएको छलफलमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशन मचाकाजी महर्जन र नयाँ शहर आयोजनाका निर्देशक एकराज अधिकारीले आफ्नो कार्यालयअन्तर्गतका आयोजनामा रहेका समस्या र चुनौतिबारे जानकारी गराउनुभएको थियो ।

सो क्रममा उहाँहरुले कतिपय आयोजनामा ठेकेदारले नियतवस काम नगर्दा समस्या देखिएको, केहीमा ठेकेदारले काम गरिरहँदा पनि केही प्राविधिक समस्या भएको र केही योजनाहरु भने अदालतमा मुद्दा परेकाले रोकिएको बताउनुभएको थियो ।

समस्याग्रस्त आयोजनाबारे जानकारी लिएपछि उपप्रधानमन्त्री सिंहले कार्यान्वयनमा लैजान नसकिएका, ठेकेदारले काम लिएर कामै नगरेको र काम गर्दागर्दै पनि समस्या भएको आयोजना वर्गिकरण गरेर कानुनसम्मत समाधानको उपाय खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले मन्त्रालयले सहजीकरण गर्दा अघि बढ्न सक्ने योजना भए तत्काल त्यसका लागि आवश्यक काम थाल्न पनि विभाागिय प्रमुखहरुलाई ध्यानाकर्षण गराउनुभयो ।

सम्बन्धित समाचार