सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?

8.7k Shares

काठमाडौं – नेपाली बजारका आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।

शुक्रबार तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छापावाल सुन आइतबार ५ सय रुपैयाँले बढेर तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको छ । 

सम्बन्धित समाचार