10k
Shares
पर्सा– मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आदर्शनगर रङ्गशालामा हुने भएको छ ।
भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउने छन् ।
फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइने छ । भेट्रान सिटी क्लब वीरगञ्जका अध्यक्ष सविन बस्नेतले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए ।