भिरबाट लडेर एक वृद्धको मृत्यु

9.8k Shares

सुलीकोट । गोरखामा वृद्धभत्ता बुझेर घर फर्कने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको भिमसेन थापा गाउँपालिका – ४ धाबास्थित काशीखोलाका ७७ वर्षीय चुडाँमणि काप्रीको भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय आरुघाट गोरखाका प्रहरी निरीक्षक नबिन गिरीले जानकारी दिनुभयो ।

आइतबार घरबाट वृद्धभत्ता बुझन निस्किएका काप्री घर नफिकएपछि खोजतलास गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्थामा बिहीबार बिहान फेला परेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार