ललितपुर । तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले उद्घाट गर्नुभएको छ ।
ललितपुरको स्वीमिङपुलस्थित कराते एकेडेमी हलमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका तथा नेपाल कराते महासंघको तत्वावधान एवम् जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा भएको हो ।

सो प्रतियोगिताका परिकल्पनाकार प्रदेश सभाका माननीय मीनकृष्ण महर्जन रहनुभएको हो । परिकल्पनाका महर्जनले खेलकुद क्षेत्र र सामाजिक क्षेत्रमा देखाएको योगदानको प्रमुख अतिथि, विशेष अतिथिहरुले खुलेरै प्रशंसा गरेका थिए ।
तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का रहनु भएको थियो भने विशेष अतिथिहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मदनबहादुर अमात्य, उदयशम्शेर राणा, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाली कांग्रेस पार्टी सभापति जितेन्द्रकुमार श्रेष्ठ, प्रदेश सहमाहामन्त्री ऋषिराम घिमिरेलगायत रहेका थिए ।

प्रमुख अतिथि, विशेष अतिथिहरुले आफ्नो मन्तव्य दिने क्रममा खेलकुद क्षेत्रमा निरन्तर महत्वपूर्ण योगदान दिँदै आएको र विभिन्न राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरुमा मुख्य भूमिका निर्वाह गर्दै आइरहनु भएको यस कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताका परिकल्पनाकारसमेत रहनुभएका माननीय मिनकृष्ण महर्जनको खुलेरै प्रशंसा गर्नुभएको थियो ।
त्यस्तै, खेलकुद क्षेत्रमा निरन्तर योगदान गरिरहेका मिनकृष्ण महर्जनको राजनीतिक निरन्तरताको पनि प्रशंसा गर्दै राजनीतिमा पनि सफलता हालिस गर्नेमा कुनै दुविधा नभएको वक्ताहरुले बताएका थिए ।
