भ्रामक सूचना फैलाउने, 'डीपफेक' भिडियाे 'अपलाेड' गर्नेलाई ३ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना

9.5k Shares

काठमाण्डाै – सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । राष्ट्रियसभामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक दर्ता गराउनुभएको हो ।

विधेयकमा सामाजिक सञ्जालको दर्तादेखि नियमन र कानून उल्लङ्घन गर्नेलाई सजायसम्मको व्यवस्था रहेको छ । आज दर्ता भएको विधेयकमा फेसबुक, भाइबर ,ह्वाट्सएप, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने उल्लेख छ । संसद्बाट विधेयक पास भएर राजपत्रमा प्रकाशित भएको ६ महिनाभित्र सामाजिक सञ्जालहरू नेपालमा दर्ता हुनुपर्नेछ । सूचीकरण र दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले चल्न नदिनेसम्मका प्रावधान विधेयकमा छन् । अहिले नेपालमा गुगल, मेटालगायतका १९ वटा सामाजिक सञ्जाल दर्ता भएर करसमेत तिर्न थालिसकेका छन् ।

सम्बन्धित समाचार