जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दाबी

11.9k Shares

काठमाडाैँ – गत डिसेम्बरमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको धब्बा फेला परेको सोमबार सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमानमा चालक दलका सदस्यसहित १८१ जना यात्रु सवार थिए । 

दुर्घटनाग्रस्त उक्त विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाइ सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा खराब हवाई दुर्घटना थियो।

दक्षिण कोरियाली र अमेरिकी अन्वेषकहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्, चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याको रूपमा परीक्षण गरिएको छ।

सम्बन्धित समाचार