रविको मुद्दामा सोविताले कांग्रेस-एमालेलाई भनिन्- सत्ताको आडमा अदालतलाई आदेश दिन नखोज्नू

8.5k Shares

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीकी सांसद सोविता गौतमले ठूला दलका नेताहरूलाई राजनीतिक संस्कार कायम राख्न सुझाएकी छन् ।

आइतबार सामाजिक सञ्जालमा भनाइ राख्ने क्रममा गौतमले वरिष्ठ नेताहरूलाई न्यूनतम् राजनीतिक संस्कार कायम राख्न भनेकी हुन् ।

‘एकातिर सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिरहेको छ । अर्कोतिर त्यति गर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा अदालतले फैसला गर्नुअघि नै रवि लामिछानेलाई अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहनु भएको छ’, उनले भनेकी छन्, ‘अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी स्थापित गर्ने प्रयास भइरहेको छ ।’

रास्वपा सभापति रवि लामिछाने जोडिएको सहकारी ठगीसम्बन्धी मुद्दालाई नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले प्रभावित पार्न खोजेको आरोप पनि उनले लगाएकी छन् ।

सम्बन्धित समाचार