स्थानीयवासीको अवरोधले महाेत्तरीमा रेलमार्ग निर्माणको काम रोकियो

10.7k Shares

महोत्तरी – महोत्तरीको बर्दिबासमा निर्माणाधीन रेलमार्गको काम स्थानीयवासीको विरोधका कारण रोकिएको छ ।

अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गा धनीले रेलमार्ग निर्माणको काम रोकेका हुन् ।

जनकपुर–बर्दिबास रेल परियोजनाअन्तर्गत बर्दिबास नगरपालिकामा रहने रेल्वे स्टेशन क्षेत्र नजिकको जग्गामा वर्षाैंदेखि बसोबास गर्दै आएका १४ घरपरिवारले सीमाङ्कन गरी विवाद समाधान गरेर मुआब्जा वितरण गर्न रेल विभागसँग माग गरेका थिए । तर विभागले मनोमानी गरेका कारण आफूहरूले विरोध गर्दै कामकाज ठप्प पारेको स्थानीयवासी मालती खनालले बताउनुभयो ।

कतिलाई समयमै मुआब्जा दिइएको छ भने कतिलाई वर्षाैं धाउँदा पनि उपलब्ध नगराउँदा स्थानीय आन्दोलित भएका स्थानीय अगुवा नीरज अधिकारीले बताउनुभयो । उहाँले हतारमा बोलपत्र प्रक्रिया थाल्नुले विभागको नियतमा शङ्का उत्पन्न भइरहेको आरोप लगाउनुभयो ।

सम्बन्धित समाचार