9.1k
Shares
कञ्चनपुर – कञ्चनपुरमा रहेका थारू गाउँमा वरघर (भलमन्सा) छनोट शुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् ।
वरघर प्रथा थारू समुदायमा पुस्तौँदेखि चल्दै आएको छ । वरघरले गाउँको बाटो निर्माणको अगुवाइ गर्ने, न्यायनिसाफ छिन्ने, सांस्कृतिक कार्य, विवाह, जग्गाको साँधसिमाना विवाद मिलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने गर्छन् ।
वरघरसँगै थारू समुदायले धार्मिक कार्यको तान्त्रिक विधिबाट कार्य गर्ने गुरूवा, गुरूवाको सहायक केसौका, चिरक्या र गाउँमा खबर गर्ने चौकीदारको चयन गरिरहेका कृष्णपुर नगरपालिका–२ का सोभ खुनाले बताउनुभयो । उहाँका अनुसार वरघरिया भनेको थारू समुदायको नेतृत्वकर्ता हो ।