माघेसङ्क्रान्ति पर्व : धार्मिकस्थलहरूमा भक्तजनको घुइँचो

10.3k Shares

काठमाण्डौ – देशभर आज माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

थारू समुदायले माघ १ गतेलाई माघी पर्व एवम् नयाँ वर्षका रुपमा मनाउँदै छन् । तराईवासीले नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ । 

माघेसङ्क्रान्ति दिन आज देवघाटधाममा नुहाउन जाने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जाने गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।

सम्बन्धित समाचार