ललितपुर कांग्रेसलाई चौधौं महाधिवेशनको चटारो, जिल्लाको नेतृत्वका लागि वडासदस्यमा पराजितको पनि दावी

19.6k Shares

ललितपुर । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनको माहोल देशभर तातेको छ । ललितपुर जिल्लामा पनि वडा अधिवेशन सम्पन्न भएपछि गाउँपालिका, नगरपालिका, महानगरपालिका, प्रदेश, क्षेत्र र जिल्लाको नेतृत्व हत्याउन कांग्रेसी नेताहरु दौडधुपमा लागेका छन् ।
विशेष गरी गाउँपालिका, नगर, प्रदेश र क्षेत्र भन्दा पनि असोज १८ गते हुन लागेको जिल्ला अधिबेशनमा जिल्लाको नेतृत्व हत्याउनका लागि नेताहरुले धमाधम उम्मेदवारको घोषणा गर्दै छन् । ललितपुरमा पार्टी सभापतिको लागि उम्मेदवार घोषणा गर्नेहरु वडास्तरमा लज्जास्पद चुनाव हार्नेहरुले पनि विभिन्न संचार माध्यममा आफ्नो उम्मेदवार घोषणा गर्न थालेका छन् ।
ललितपुर जिल्लामा वडा सदस्यमा लज्जास्पद पराजित हुनेदेखि लिएर शिर्ष नेताहरुले समेत सभापतिका आकांक्षीहरु झण्डै आधा दर्जन जति रहेको पाइएको छ । जिल्ला सभापतिका आकाक्षीहरु पुराना नेताहरु मथुराप्रसाद घिमिरे, प्रकाश नन्दन जोशी, मीन कृष्ण महर्जन, राम कृष्ण चित्रकार जितेन्द्र  कुमार श्रेष्ठ, गजेन्द्र महर्जन र वडा सदस्यमा लज्जास्पद हार ब्यहोरेका खोम प्रसाद घिमिरे देखेका छन् ।
ललितपुर जिल्लाको पार्टी सभापति मदनबहादुर अमात्यले नेतृत्व गरेपछि अमात्यलाई सात दिई संगठनमा महत्वपूर्ण योगदान गरी लालकिल्ला तोड्न सफल बनाउन महत्वपूर्ण योगदान गर्ने पुराना नेताहरु मथुरा प्रसाद घिमिरे, नेता प्रकाश नन्दन जोशी पुराना नेता हुन् । यी दुई नेताले पनि आफू चौधौं महाधिवेशनको जिल्ला सभपातिको आकांक्षीका रुपमा प्रस्तुत गरेका छन् । यी दुई नेता सकेसम्म सर्वसम्मत गरी पार्टी सभापति बन्ने उद्देश्यका साथ अगाडि बढेका छन् ।  
त्यस्तै, अर्का भद्रसालिन नेताको रुपमा परिचित पहिलो संविधान सभाको निर्वाचनमा समानुपातिक सभासद बनिसकेका नेता रामकृष्ण चित्रकार पनि आफूलाई जिल्ला पार्टी सभापतिको उम्मेदवारी दिने निश्चित गरिसकेका छन् । चित्रका ललितपुर क्षेत्र नं. २ का चर्चित नेताको रुपमा परिचित छन् भने क्षेत्र नं. २ र ३ मा राम्रै पकड भएको नेताका रुपमा ललितपुर कांग्रेसले चिन्ने गरेका छन् ।
त्यस्तै, सभापतिका आकांक्षीका रुपमा रहेका अर्का नेता ललितपुर क्षेत्र नं. १ का प्रभावशाली नेता, प्रदेश सभाको निर्वाचनमा झिनो मतले पराजित भएका मीन कृष्ण महर्जन रहेका छन् । नेता महर्जन राष्ट्रिय खेलकुद परिषद पुर्बकोषाध्यक्ष, खेलकुद क्षेत्रका हस्ती, कांग्रेसी कार्यकर्ताहरुबीच निकै लोकप्रिय नेताका रुपमा परिचित छन्, महर्जन ललितपुरको तिनै क्षेत्रका कांग्रेसीहरुमा प्रभाव पार्न सक्ने र पकड भएका नेताको रुपमा परिचित छन् । आफ्ना कर्याकर्ता संरक्षण गर्न माहिर नेता महर्जन जिल्ला सभापतिका बलियो उम्मेदवारको रुपमा कांग्रेस वृत्तमा चर्चा चल्ने गरेको छ । नेता महर्जनलाई पुर्बअर्थ राज्यमन्त्री उदय शम्सेर राणाको दरिलो साथ रहेको कार्यकर्ताहरुले बिश्लेशन गर्दै आइरहेका छन् । ललितपुर क्षेत्र नम्बर १ मा निर्णायक भोट भएको कारणले पनि नेता मीनकृष्ण महर्जनलाई बलियो उम्मेदवारको रुपमा लिएको हो ।  
ललितपुर जिल्लाभरी १४ सय मत मध्ये क्षेत्र नं. १ मा मात्र ६२५ मत रहेका कारण पनि नेता महर्जन बलियो उम्मेदवार मानिएको हो । महर्जन क्षेत्र नम्बर १ का नेता हुन् । महर्जनको क्षेत्र नम्बर २ र ३ मा पनि त्यतिकै प्रभाव छ । नेपालमा प्रजातन्त्र आएदेखि अहिलेसम्म क्षेत्र नम्बर १ ले जिल्लाको नेतृत्व गर्न अवसर पाएको छैन । यसपटक क्षेत्र नं. १ बाटै जिल्ला सभापति बनाउन क्षेत्र नं. १ का कांंग्रेसीहरु एकजुट भएर लाग्ने क्षेत्र नं. १ का कांग्रेसीहरुले बताउने गरेका छन् ।
त्यस्तै, अर्का जिल्ला सभापतिको दावेदारका रुपमा हेरिएका गजेन्द्र महर्जन गोदावरी नगरपालिका मेयर हुन् । मेयर महर्जनले कांग्रेस संगठन विस्तार गर्न र ललितपुर जिल्लालाई नै लालकिल्ला तोड्न महत्वपूर्ण भूमिका खेलेका नेताको रुपमा परिचित छन् । महर्जन ललितपुरका नेताहरुको समर्थन रहे उम्मेदवारी दिने दाउँमा छन् । महर्जन सकेसम्म आफ्नो प्यानल बनाई सर्वसम्मतरुपमा मिलेर चुनावमा जाने सोचमा रहेका छन् । नेताहरुले आफूलाई सहयोग गर्ने अवस्था देखेको खण्डमा उम्मेदवारी दिने योजनामा महर्जन रहेका छन् । महर्जन ललितपुर क्षेत्र     नं. ३ का सभापति र १२ वडा वटा क्षेत्र नं. १ अन्तर्गत गोदावरी नगरपालिकामा पर्ने भएकाले उनको राम्रै प्रभाव रहेको अनुमानत सहजै लगाउन सकिन्छ ।
त्यसैगरी, पार्टी सभापतिका रुपमा आकांक्षी बनेका १३ औं महाधिवेशनमा पार्टी सभापति मदनबहादुर अमात्यको प्रत्यासीको रुपमा रहेका जितेन्द्र कुमार श्रेष्ठको पनि रहेका छ । जितेन्द्र कुमार श्रेष्ठ प्रष्ट वक्ता र कार्यकर्तामाझ भिज्नसक्ने नेताको रुपमा लिने गरिन्छ । श्रेष्ठ आफू पार्टी सभापति भएको खण्डमा आफूले कुनै पनि पदमा लोभलालच नगरी पार्टी संगठन मजबुद बनाउने र ललितपुर जिल्लालाई कांग्रेस मय बनाएर छाड्ने उद्देश्यका साथ अगाडि बढेका छन् ।
त्यसैगरी, आफूलाई जिल्लाको नेतृत्व गर्न सक्षम र कार्यकर्ताले पत्याएको भन्दै वडा सदस्यमा समेत लज्जास्पद हार बेहोरोका खोमप्रसाद घिमिरेले पार्टी सभापतिको उम्मेदवारको घोषणा विभिन्न संचार माध्यममा सार्वजनिक गरेका छन् । ललितपुरका कांग्रेसी नेता तथा कार्यकर्ताहरु खोमप्रसाद घिमिरेको उम्मेदवारीको चर्चाले अचम्मित बनेका छन् । वडास्तरमा लज्जास्पद हार्ने घिमिरेले जिल्ला सभापतिको उम्मेदवार दिई यदि सभापति भएको खण्डमा कांग्रेसको संगठन कस्तो होला ? भन्दै ब्यंग्य गर्न थालेका छन् । सभापतिका आकांक्षी  घिमिरे कांग्रेसका पुराना नेता तथा कार्यकर्ताले सम्मानसमेत गर्ने नेताका रुपमा रहेका मथुराप्रसाद घिमिरे कार्याकर्ता हुन् । घिमिरे १३ औं महाअधिबेशनमा जम्मा ३ मतले महाअधिबेशन प्रतिनिधि जितेका थिए । १२ औ महाअधिबेशमा नेता मीनकृष्ण महर्जनको आशिर्वादले जम्मा ४ मतले क्षेत्रीय सभापति बनेका खोम प्रसादलाई कार्यकर्ताहरुले खासै नरुचाउने नेताका रुपमा ललितपुर क्षेत्र नं. १ मा परिचित छन् । १२ औ. र १३ महाधिवेशनमा ललितपुर क्षेत्र नं. १ का शिर्ष नेताहरुको आर्शिवादले क्षेत्रीय अध्यक्ष र महाअधिबेशन प्रतिनिधिसम्म बन्न सफल बनेका थिए भने १४ औं महाधिवशेनमा भने आफू जसरी पनि महाधिवेशन प्रतिनिधि बन्नका लागि केन्द्रीयस्तरका नेताहरुलाई चाकडी गरी जिल्लाका शिर्ष नेताहरुलाई महाधिवेशन प्रतिनिधि बनाई दिन फोन समेत गराउन थालेका छन् । तर यसपटक भने घिमिरेको महाधिवेशन प्रतिनिधि बन्ने सपना पूरा नहुने कांग्रेसी कार्यकर्ता तथा नेताहरुले बताउने गरेका छन् ।

सम्बन्धित समाचार