१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी यसरी गर्दैछ (तस्वीरहरू)

10.9k Shares

काठमाण्डाै – १९ वर्षमुनिकाे नेपाली महिला टाेलीले अहिले मलेसियामा आईसीसी टी–२० विश्वकप क्रिकेटकाे तयारी गरिरहेकाे छ ।

तयारीअन्तर्गत अहिले नेपाली टाेलीले वेस्ट इन्डिजसँग अभ्यास खेल खेलिरहेकाे छ । यस्तै नेपाली टाेलीले दाेस्राे अभ्यास खेलमा पर्सि माघ २ गते अमेरिकासँग खेल्नेछ ।

विश्वकपका लागि पूजा महताेकाे कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ । टोलीको प्रशिक्षकमा महेश प्रसाद रिजाल छन् । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो जनवरी १८ तारिख अर्थात् माघ ५ गतेदेखि फेब्रुअरी २ तारिख अर्थात् माघको २० गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । नेपालले पहिलो खेलमा माघ ५ गते बङ्गलादेशसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

1.jpg2.jpg3.jpg4.jpg5.jpg7.jpg8.jpg9.jpg10.jpg12.jpg

तस्वीरहरू : क्यान

सम्बन्धित समाचार