चाडपर्वको मुखमा डिआईजी रन्जीतकारको नाममा घुमुवाको असुली धन्दा

18.4k Shares

दशैं नजिकिदै गर्दा प्रदेश २ मा यतिखेर प्रहरीकै संरक्षणमा अबैध गतिविधिहरु बढ्न थालेका छन् । प्रदेश २ का भारतसंग सिमानाका जोडिएका जिल्लाका सिमामा रहेका प्रहरी चौकीहरुबाट, नदिजन्य पदार्थको अवैध उत्खननबाट, काठ तस्करी तथा ट्रान्सपोर्टहरुबाट अवैध रकम असुली चलि रहेको छ ।
सिमानाका जोडिएका जिल्लाका सिमामा रहेका प्रहरी चौकीहरुबाट,नदिजन्य पदार्थको अवैध उत्खनन्बाट, काठ तस्करी तथा ट्रान्सपोर्टहरुबाट अवैध रकम असुली चलि रहेको प्रदेश प्रहरी कार्यालय प्रदेश २ लाई थाहा नभएको होइन । तर प्रहरी डिआईजी उमेश रन्जीतकार आफैँले हरेक जिल्लामा ३÷४ जना घुमुवा राखेर असुली धन्दालाई निरन्तरता दिएका छन् । डिआईजी रन्जीतकारले प्रदेश २ का आठै जिल्लामा ३÷४ जना घुमुवा राखेर सिमामा रहेका प्रहरी चौकीहरुबाट,नदिजन्य पदार्थको अवैध उत्खनन्, काठ तस्करी तथा ट्रान्सपोर्टहरु, भन्सार छलीका सामानहरुका साथै नक्कली नोटको कारोवार गर्नेहरुसंग ठुलो रकम कमिसन असुली चलाएका छन् ।
पर्सा देखि सप्तरी सम्म गरी करिब ३० जना घुमुवा राखेर मासिक १० लाख भन्दा बढी डिआईजी रन्जीतकारले असुलेका प्रहरी अधिकारीहरु कै भनाई छ । घुमुवाहरुले डिआईजी रन्जतिकार कै नाममा यौन धन्दा, जुवातास सञ्चालनका साथै सिमामा रहेका प्रहरी चौकीहरुबाट नदिजन्य पदार्थको अवैध उत्खनन्बाट, काठ तस्करी तथा ट्रान्सपोर्टहरु, भन्सार छलीका सामानहरुका साथै नक्कली नोटको कारोवार गर्नेहरुसंग ठुलो रकम कमिसन असुली चलाएका प्रहरी अधिकारीहरुको भनाई छ ।
करिब १६÷१७ वर्षदेखि सिभिलमै बसेर काम गर्दै आएका असई मनोज कुमार यादव अहिलेसर्लाहीको त्रिभुवन नगरमा सई बस्ने ठाउँमा पावर देखाएर बसेका छन् । उनले सर्लाहीमा रहेको भएपनि प्रदेश २ का सबै जिल्लाहरुबाट कमिसन असुलीलाई निरन्तरता दिएका छन् ।

सम्बन्धित समाचार