काठमाडौं । यस खोजतलास अनलाइन डट कमबाट २०८० साल माघ ३ गते ‘एकीकृत समाजवादी पार्टीका डोल्पा जिल्ला उपाध्यक्ष बुढाद्वारा सुमी लामा ठगिन’ शिर्षकमा सम्प्रेसित समाचार सामाग्रीका सम्बन्धमा प्रेस काउन्सिल नेपालमा मानप्रसाद बुढाबाट २०८० साल माघ ११ गतेमा दर्ता भएको उजुरीका सम्बन्धमा प्रेस काउन्सिलबाट २०८१ साल कात्तिक २५ गतेको निर्णयानुसार अवज्ञाकारी÷कालोसूचिमा राखी कारबाही अगाडि बढाएको जानकारीले हामी मर्माहत भएका छौं । समाचारको यथेस्ट प्रमाण हुँदा हुँदै पनि सञ्चार माध्यमको नियामक निकायबाट भएको निर्देशन पालना गर्नुपर्ने र पत्रकार आचार सहिता पालना गर्नुपर्ने रहेछ भन्ने सचेतना आएको छ । यसप्रति सम्बन्धित निकाय समक्ष क्षमायाचना गर्दछौं । आगामी दिनमा प्रेस काउन्सिलको निर्देशन एवम् पत्रकार आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछौं ।