जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयोत्सव (तस्बिरहरू)

10.7k Shares

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका जनकपुर बोल्ट्स टिमले जनकपुरधाममा विजयोत्सव निकालेकाे छ ।

जनकपुर बोल्ट्स टिमका खेलाडीका साथै क्रिकेट समर्थकहरुको भीड़काबीच विजयोत्सव निकालिएको हो ।

ट्रफीसहित जनकपुरधाम स्थित रामजानकी बहु उद्येशिय रंगशालाबाट निकालिएको सो परेडमा मधेस प्रदेशका मुख्यमन्त्री सतिश शिंहले सबैलाई स्वागत गरेका छन् ।

रामजानकी बहु उद्येशिय रंगशालाबाट निकालिएको सो परेड जनकपुरधामको नगर परिक्रमा गर्दै  जानकी मन्दिरमा पुगेर समापन हुनेछ ।

जनकपुरधामबाट सुरु भएको विजयोत्सव मधेसको ८ वटै जिल्लामा ट्रफीसहित विजयोत्सव निकाल्ने तयारी गरिएको हो ।

हेर्नुहोस् तस्बिरहरु :

1.jpg

2.jpg

3.jpg

4.jpg

5.jpg

सम्बन्धित समाचार