पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

11k Shares

काठमाडौं - नेपाल पत्रकार महासंको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। 

मंसिर २८ गते हुने निर्वाचनका लागी महासंघ केन्द्रीय निर्वाचन समितिले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। 

कार्यतालिका अनुसार मंसिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। यस्तै, मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। 

निर्वाचन समितिले प्रदेश समितिको मनोनयन मंसिर २४ गते तथा जिल्ला शाखा र प्रतिष्ठानको मंसिर २६ गते मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको छ।

मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने जनाइएको छ। समितिले सोही अनुरुप व्यवस्था मिलाउन सम्बन्धित शाखा र प्रतिष्ठान निर्वाचन समितिलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार