हुम्लामा जीप दुर्घटना, दसैँ मनाउन गइरहेका दुईजनाको मृत्यु

15.6k Shares

सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिका–४, तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु१ज २३४३ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका–६ का करिब ६ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर ३०० मिटर तल खसेको बताइएको छ । 

सम्बन्धित समाचार