नेपाली खेलाडीको लगेज नबोकी उड्यो श्रीलंकन एयर

12.1k Shares

काठमाडौं । काभा पुरुष यु–२० भलिबल च्याम्पियनसिप खेल्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय टोलीको लगेज नबोकी श्रीलंकन एयर उडेको छ । प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्सीय टोली हिजो बिहीबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले एयरलाइन्सको प्राविधिक समस्याले गर्दा नेपाली खेलाडीको लगेज छुटेको बताए । ६ तारिख अगाडि नै एयरलाइन्सले खेलाडीको सामान उपलब्ध गराउने सहमति भएको अध्यक्ष चन्दले जानकारी दिए ।

नेपाल भलिबल संघकी सचिव सुनकेशरी मालीले नेपाली खेलाडीको लगेज छुटेको बताइन् । उनले भनिन्, श्रीलंका गएका युवा खेलाडीको लगेज छुटेको मैले पनि सुनेको मात्र हुँ, कसको गल्ती कमजोरीले यस्तो भयो मलाई थाहा भएन । यस बिषयमा पूर्ण जानकार छैन ।’

प्राविधिक समस्याले यात्रुको लगेज छुटेको एयरलाइन्सले जनाएको छ । ६ तारिखसम्म सम्बन्धित सबैलाई लगेज हस्तान्तरण गर्ने एयरलाइन्सको भनाइ छ ।

खेलाडीको सम्पूर्ण सामग्री छुटेकाले अभ्यास गर्नसमेत नपाएको बताइएको छ । खेलाडीको जर्सी, औषधिलगायत अन्य अत्यवाश्यकीय सामाग्री नभएपछि खेलाडीहरु अलमलमा परेको बताइएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार