फेवातालमा एक पुरुषको शव फेला

18k Shares

पोखरा, १८ साउन । पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ।

शुक्रबार साँझ अन्दाजि २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

वाटर फ्रन्ट रिसोर्टनजिकै तालमा डुबिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो। मृतकको पहिचान खुल्न नसकेको र साथमा भेटिएको सवारी चालक अनुमति पत्रको आधारमा पहिचान खोज्ने काम भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार