संक्रमणसँगै मृतकको संख्या पनि बढ्दै, ३३ जनाको मृत्यु 

14.8k Shares

काठमाडौं, साउन १३ । कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढेको देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए । 
बितेको २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ८०८ जनाको नमुना परीक्षण भएको छ । 

सम्बन्धित समाचार