प्रधानमन्त्री ओलीलाई कतारका राजाको निम्तो

13.2k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ ९एसीडी० सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा आएको छ ।

प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटेर निमन्त्रणा हस्तान्तरण गरेका हुन् ।

एसीडी मञ्चमा नेपालससिहत ३५ मुलुक आबद्ध छन् । मञ्चको १९औँ मन्त्रीस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि यसको सदस्य छ ।

भेटका अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको थियो । छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

सम्बन्धित समाचार