आयुर्वेद विशेषज्ञ मृगेन्द्र श्रेष्ठ नेपाल पर्यटन बोर्डमा फेरी सम्मानित

17.3k Shares

काठमाडौँ । सांस्कृतिक कला विकास समूह, नेपालद्धारा नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापा विशेष सम्मान समारोह एवं विविध सांस्कृतिक कार्यक्रम–२०८१ मा आयुर्वेद विशेषज्ञ मृगेन्द्र श्रेष्ठ फेरी सम्मानित हुनुभएको छ । काठमाडौँको नेपाल पर्यटन बोर्डमा प्रतिनीधि सभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा राईलाई एक कार्यक्रमका बीच सम्मानपत्र प्रदान गरिएको हो । 
विगत लामो समयदेखि विशेषज्ञ श्रेष्ठले आयुर्वेदिक पद्दतीद्धारा थुप्रै विरामीहरुको सेवा गर्दै आउनुभएको छ । वहाँको उपचार सेवाले हजारौँ विरामीहरुले पुर्नजिवन प्राप्त गरिसकेका छन् । मुख्यत क्यान्सर र ट्युमर विरामीका विशेषज्ञ श्रेष्ठ विरामीको उपचार बाहेक सामाजिक सेवामा पनि अहोरात कार्यरत हुनुहुन्छ । वहाँले थुप्रै विरामीहरुलाई निःशुल्क औषधी उपचार गरी नयाँ जिवन पनि प्रदान गर्नुभएको छ । वहाँले समाजमा दिनुभएको ठूलो योगदानको कदर स्वरुप श्रेष्ठलाई विभिन्न संघ संस्थाले समयसापेक्ष सम्मान गर्दै आइरहेको छ । आज पनि आयुर्वेद विशेषज्ञ मृगेन्द्र श्रेष्ठलाई उक्त कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो ।
अपरान्ह एक बजे शुरु भएको उक्त कार्यक्रममा नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापालाई विशिष्ट सम्मान लगायत अरु थुप्रै स्रष्टाहरुलाई पनि सम्मान एवं पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सभापतिको आसन संस्थाका कोषाध्यक्ष रञ्जु राईले गनुभएको थियो भने कार्यक्रमको संयोजकत्व दिल बहादुर कटुवालले गनुभएको थियो ।
कार्यक्रममा पञ्चे बाजाको धुनले कार्यक्रमलाई मनमोहक बनाएको थियो भने थुप्रै छात्रछात्राहरुले संस्कृति झल्काउने नृत्य, बाजा, गायन प्रस्तुत गरेका थिए । अपरान्ह एक बजे शुरु भएको उक्त कार्यक्रम ५ बजे समापन भएको थियो ।   

a.jpgc.jpgd.jpgf.jpg

सम्बन्धित समाचार