सोलुखुम्बु । सोलुखुम्बुको नेविसंघ तदर्थ समिति विधि र विधानमा नचलेको भन्दै सचिव बिभुषण राईले राजीनामा दिएका छन्। उनले एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएको जानकारी दिएका हुन्।
उनले अधिवेशन गराउने गरि तदर्थ समिति गठन भएको तर तदर्थ समिति विधि र विद्यान विपरित विद्यार्थीको हक हितका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा अगाडि बढेकाले र हालसम्म अधिवेशन हुन नसकेकाले आफूले पदबाट राजीनामा दिएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन्। साथै उनले अधिवेशन चाँडै हुने पनि विज्ञप्ती मार्फत जानकारी गराएका छन्।
राई लामो समयदेखि सोलुखुम्बुमा विद्यार्थी राजनीति गर्दै आएका छन्। हालसम्म उनले सोलुखुम्बुका शैक्षिक क्षेत्रमा आफै उपस्थिति भएर इकाई कार्यसमिति गठन गरिसकेका छन्।