ताप्लेजुङमा भूकम्पको धक्का महसुस

14.1k Shares

काठमाडौं । ताप्लेजुङमा आइतबार (आज) भूकम्पको धक्का महसुस गरिएको छ ।

अपराह्न ४ बजेर ४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएको ४।२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

केन्द्रका अनुसार, यो परकम्प होइन । यसअघि, यही साउन १२ गते ताप्लेजुङकै खेन्जिम आसपास केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित समाचार