भारतको नयाँ दिल्लीमा भारी वर्षा, दुईको मृत्यु

17.7k Shares

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार राति आएको भारी वर्षाका कारण दुईजना मानिसको मृत्यु भएको छ । 

सो घटनाबारे आम आदमी पार्टीका विधायक कुलदीप कुमारले सोसल मिडियामा जानकारी दिएका छन् ।

उनले दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सीमामा निर्माणाधिन नालीमा कुनै बेरिकाडिङ नहुँदा एक महिला र उनकी अढाई वर्षकी छोरीको त्यसमा झरेर मृत्यु भएको जनाएका छन् ।

समाचार एजेन्सी एएनआइले दिल्लीको दरियागन्ज इलाकामा वर्षाका कारण एक निजी विद्यालयको पर्खाल समेत भत्किएको छ । भारी वर्षाका कारण दिल्लीका विद्यालय पनि बन्द गर्न आग्रह गरिएको छ । 

भारी वर्षाका कारण दिल्लीमा जताततै पानीको अवस्था देखिएको छ । केही दिन अघि दिल्लीको राजेन्द्रनगर क्षेत्रमा कोचिंग सेन्टरमा पानी भरिँदा तीन विद्यार्थीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

सम्बन्धित समाचार