छालामा समस्या देख्नेवित्तिकै अस्पताल जाने बानी बसालौं

19.9k Shares

छाला हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो, नेपाली समाजमा छालालाई खासै ध्यान पु¥याएको देखिँदैन । छालामा आउने रोगहरु उपचार नगरेमा अरु ठाउँमा फैलने, अरुलाई सर्ने, दाग बस्ने, नराम्रो देखिने तथा पूर्णरुपमा निर्मुल नहुने हुन सक्छ । 
छालामा कडा खालको एलर्जी भएमा छाला सुन्निने साथसाथै आँखा, ओठ र स्वास—प्रश्सावको नली पनि सुन्निने भएकाले उच्च जोखिम हुनसक्छ ।  यस्तो अवस्थामा तुरुन्त अस्पताल जानुपर्छ । यस बाहेक औषधीको प्रयोग हुने एलर्जी पनि निकै जोखिमपूर्ण हुन सक्छ । यस्तो अवस्थामा पनि तुरुन्त अस्पताल जानुपर्छ । यस्तै पेरिफेरिमा रहेर खोजतलासले डा. छालारोग विशेषज्ञ डा. एलिना शर्मासँग खोजतालसले गरेको संक्षिप्त कुराकानी ः


० छाला रोग भन्नाले के बुझ्न सकिन्छ, छाला रोग विशेषज्ञले कस्ता—कस्ता रोग हेर्ने गर्छ ?
छाला रोग भन्नाले शरीरको बाहिरी सतह अर्थात् छाला, नङ्ग र कपालमा आउने जुनसुकै रोग बुझ्न सकिन्छ । छाला रोग विशेषज्ञले हेर्ने रोगहरुलाई विशेषतः चारवटा विधामा विभाजन गर्न सकिन्छ । 
१. Clinical Dermatology (क्लीनिकल डेरम्याटोलोजी) अर्थात् बाहिरी छालामा आउने जुनसुकै चिलाउने, नचिलाउने, दाध, छालाको रंग परिवर्तन हुने साथै नङ्ग र कपालको रोग पनि हेरिन्छ । 
२. Venereology (भेनेरलोजी) अर्थात् महिला तथा पुरुषको यौनाङ्ग सम्बन्धित सबै रोग हेरिन्छ । 
३. Leprology (लेप्रोलोजी) अर्थात् छालामा आउने लाटो, फुस्रो दाद, जसलाई सरल भाषामा कुष्टरोग भनेर चिनिन्छ, यस सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ । 
४.Cosmetology (कस्मेटोलोजी) अर्थात् रोग नभएर सौन्दर्यको लागि गर्ने उपचार भन्ने बुझिन्छ । यस अन्तर्गत लेजर प्रविधिबाट छालाको कालो दाग हटाउने, खत सम्माउने, कपाल हटाउने तथा रोप्ने, कोठी, मुसा निकाल्ने जस्ताMinor surgery (माइनर सजरी)हरु पनि समावेश गरिएको हुन्छ । 

 

० नेपालमा विशेष गरी कस्ता छालाको रोगहरुको समस्या लिएर आउने गर्छन् ?
नेपालमा मुख्यतया शहरी र गाउँको परिवेशमा अलि भिन्न खालको छाला रोग देखिन्छ । गाउँघरतिर खेतबारीमा काम गर्ने बढी भएकोले रुख विरुवाले हुने एलर्जी, हिलोले हुने एलर्जी, सिमेन्ट, साबुन र खरानीबाट हुने एलर्जी बढी देखिन्छ । साथै सरसफाईमा अलि कम ध्यान दिएको कारणले होला लुतो, ढुसीको किटाणुले हुने रोग र घमौराको संक्रमण पनि धेरै देखिन्छ । त्यस्तै शहरी क्षेत्रका मानिस सौन्दर्यप्रति बढी सचेत भएका कारणले होला डण्डीफोर, चाँयापोतो, कपाल झर्ने, नङ्ग बिग्रेका रोगहरु बढी देखिन्छन् । 


० ठाउँ अनुसार छालामा लाग्ने रोगका प्रकृति फरक हुन्छ ? 
राम्रो प्रश्न सोध्नुभयो । अवश्य पनि ठाउँ अनुसार रोगको प्रकृति केही भिन्न देखिन्छ । तराई भेगमा गर्मी बढी भएका कारण पसिना बढी जम्छ र ढुसीका किटाणुको कारण रोग र धर्मेराहरु बढी देखिन्छ । हिमाली क्षेत्रमा भने चिसोले छाला सुख्खा हुने कारणले गर्दा हुने एलर्जी, कपालमा चायाँ पर्ने, Seborrheic Dermatitis र हात खुट्टा फुट्ने जस्ता समस्याहरु बढी मात्रामा देखिन्छ । 


० छालालाई स्वस्थ राख्न कस्ता उपायहरु अप्नाउनुपर्छ ? 
छाला हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो, त्यही पनि नेपाली समाजमा छालालाई धेरै ध्यान पु¥याएको देखिँदैन । छालामा आउने रोगहरु उपचार नगरेमा अरु ठाउँमा फैलने, अरुलाई सर्ने, दाग बस्ने, नराम्रो देखिने तथा पूर्णरुपमा निर्मुल नहुने हुन सक्छ । छाला स्वस्थ राख्न राम्रोसँग सफागर्ने, राम्रो खालको Moisturizer  र Sun screem पर्याप्त मात्रामा समय समयमा लगाउने गर्नुपर्दछ । Moisturizer  तथा Sun screem कुन किसिमको लगाउने, कति मात्रामा लगाउने , छालाका ज्ञान सम्बन्धित विस्तृत जानकारी मेरो fb Page dreamskin_by_dr.alina मा समावेश गरिएको छ । 

० छालामा कस्ता समस्या भए तुरुन्त अस्पताल जानुपर्छ ? 
छालामा कडा खालको एलर्जी भएमा छाला सुन्निने साथसाथै आँखा, ओठ र स्वास—प्रश्सावको नली पनि सुन्निने भएकाले उच्च जोखिम हुनसक्छ । यस्तो अवस्थालाई Angioedima पनि भनिन्छ । यस्तो अवस्थामा तुरुन्त अस्पताल जानुपर्छ । यस बाहेक औषधीको प्रयोग हुने एलर्जी पनि निकै जोखिमपूर्ण हुन सक्छ । यस्तो अवस्थामा पनि तुरुन्त अस्पताल जानुपर्छ । 


० पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसले छाला रोगीहरुलाई कस्तो असर पार्छ ? 
मुख्यतया स्वास प्रश्वासको रोग भए तापनि कोभिड—१९ ले हाम्रो शरीरको छाला लगायत लगभग सबै अंगहरुमा असर गर्ने तथ्य अध्ययनले देखाएको छ । छालामा यो संक्रमणसँग रगत जमेर आउने खटिरा (PurPura) ठेउला जस्ता देखिने खटिरा, छालामा राता डाबरहरु पनि आउने गर्छ । त्यो सँगै स्वास्थ्यकर्मीमा लामो समय पीपीई लगाएर देखिने छालाको समस्या, Hand Sanitizer ले हातमा हुने एलर्जी जस्ता समस्या बढी मात्रामा देखिन्छ । साथै माक्सको बढी प्रयोगले हुने डण्डीफोर (Maskne) पनि धेरै देखिन्छ । 


० छालामा पनि क्यान्सर हुन्छ भन्छन्, छालाको क्यान्सर कत्तिको जोखिमपूर्ण हुन्छ ? 
छालामा धेरै किसिमका क्यान्सरहरु हुन्छन्, तर विशेषगरी देखिने क्यान्सरहरु Squamous cell Carcinoma, Basal Cell Carcinoma र Basal Cell Careinoma  हुन् । यी मध्ये Basal Cell Careinoma त्यति फैलिँदैन तथा शरीरको अरु अंगमा त्यति असर गर्दैन । Melanoma चाहिँ सबै भन्दा धेरै अरु अंगमा फैलने क्यान्सरको रुपमा चिनिन्छ । कोठी अचानक धेरै ठूलो भएमा, रगत बगेमा, रंग परिवर्तन भएमा Melamoma हुने सम्भावना हुन्छ । 


० सुमेरु अस्पतालमा छालाको कस्ता—कस्ता उपचारहरु सुविधा छ ?
सुमेरु अस्पतालमा छालासम्बन्धी सबै रोगहरु हेरिन्छ । हालसालै यस संस्थामा कोठी निकाल्ने, मुसा निकाल्ने, छाला पलाएको निकाल्ने जस्ता नयाँ सेवाहरु सुरु गरेका छौं । 


० छाला रोगको विषयमा जनमानससम्म पु¥याउनुपर्ने कुराहरु केही छन् कि ?
जनमानसले जान्नुपर्ने छाला सम्बन्धीका ज्ञानहरु धेरै छन् । त्यसमध्ये धेरै मैले माथि उल्लेख गरेको छु । आजकल नेपालमा सौन्दर्य सम्बन्धी पर्ने सबै उपचारहरु जस्तै छाला चाउरी परेको हटाउने, कपाल हटाउने, कमाल रोप्ने जस्ता उपचारहरु पनि गरिन्छ । यो सम्बन्धी जानकारी निकट भविष्यमा लिएर आउने छु । 

सम्बन्धित समाचार