रेल्वे लिकमा पर्दा दासले गुमाए दुवै खुट्टा

18.5k Shares

जनकपुर । जनकपुर–जयनगर रेल्वेको लिकमा पर्दा एकजनाले दुवै खुट्टा गुमाएका छन् । जनकनन्दनी गाउँपालिका–३, महुवाका अन्दाजी ३५ वर्षीय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन् ।

शनिबार बिहान सवा ११ बजे उनी धनुषाको खजुरीस्थित रेलको लिकछेउबाट हिँडिरहेका थिए । त्यही समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अल्मलिएर रेलकै लिकमा परेका थिए । लिकमा अल्झिएका उनले दुवै खुट्टा गुमाएको प्रहरी नायब उपरीक्षक दयाराम पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार