चितवनको राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा कर्फ्यू

15.9k Shares

काठमाडौं । चितवनको राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा कर्फ्यू लगाइएको छ । सुजिता भण्डारी मृत्यु घटनामा प्रदर्शन बढ्न थालेपछि चितवन प्रशासनले कर्फ्यू लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया पाँच सय मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन् । आज (मंगलबार) साढे ७ बजेबाट जारी गरिएको कर्फ्यू बुधबार साँझ साढे ७ बजेसम्म रहने छ ।

प्रशासन संवेदनशील नभएको भन्दै स्थानीयले मंगलबार प्रदर्शन गरेका थिए । उनीहरूले राजमार्ग अवरुद्ध पारेर टायर बाल्दै प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्र रूप लिएपछि केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीले सुजिताको हत्या भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरेर सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

असार ११ गतेदेखि हराएकी सुजिता गत आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।

सम्बन्धित समाचार