बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा कोटेश्वरबाट दुईजना पक्राउ

16.2k Shares

काठमाडौं । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा कोटेश्वरको एक गेस्टहाउसका दुईजना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ का ३२ वर्षीय नवीन थापा र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का १९ वर्षीय उज्वल खड्का छन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई काठमाडौंको कोटेश्वरस्थित रामेछाप खाजाघर एन्ड गेस्टहाउसबाट पक्राउ गरेको हो ।

ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले परिवर्तित नाम २६ बबरमहल ९३३२० सहितका बालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएको खुलेको छ ।

ब्युरोका अनुसार उनीहरूले गेस्टहाउसमा बालिकाहरूलाई शारीरिक सम्पर्क राखेमा प्रतिव्यक्ति ५०० रुपैयाँ दिने प्रलोभन देखाउँथे । तर, उनीहरूले ग्राहकबाट चारदेखि पाँच हजार रुपैयाँसम्म लिएर वेश्यावृत्तिमा लगाउँथे ।

उनीहरूले विभिन्न ग्राहक खोजेर नाबालिकाहरूमध्ये एक जनालाई छान्न लगाएर गेस्टहाउसमा रहेका कोठामा राखेर ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाउने गरेको ब्युरोले जनाएको छ ।

उनीहरूले बालिकालाई पुरुष ग्राहकसँग शारीरिक सम्पर्क राखेको कुरा आफन्तलगायत साथीहरूलाई भनिदिने भनेर डर देखाएर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको छ ।

सम्बन्धित समाचार