15.4k
Shares
जाजरकोट - जाजरकोटका एक जना बालक खोलाले बगाएर बेपत्ता भएका छन्। जाजरकोटको बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बगाएर बेपत्ता भएका हुन्।
बिहीबार दिउँसो ३ बजेतिर गाई(बस्तु चराउन गएको बेला स्याली खोलाले उनलाई बगाएको जाजरकोट प्रहरीले जनाएको छ।
बेपत्ता रहेका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।