काठमाडौं– राष्ट्रियसभाले तीन वटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ । यसअघि ‘आर्थिक विधेयक २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ सदनमा दफावार छलफल भएको थियो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा छलफलपछि पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले सर्वसम्मतले पारित गरेको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले तीनवटै विधेयक छलफलका लागि प्रतिनिधिसभामा फिर्ता पठाइएको जानकारी गराए।
आर्थिक विधेयक, २०८१ माथिको छलफलमा सांसदहरू भगवती न्यौपाने र राजेन्द्र लक्ष्मी गैरेले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ठूला कम्पनीले करको दायित्व घटाउने वा कर छल्नसक्ने खालका आशंका गरे तापनि त्यो सम्भावना नरहेको स्पष्ट पारे ।