बढ्यो अण्डाको मूल्य

16.4k Shares

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ ।

संघको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागु गर्नका लागि चितवनलाई आधार मानेको छ ।

संघका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४९० रुपैयाँ पर्नेछ । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेट ५१० र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ पर्नेछ ।

सम्बन्धित समाचार