13.9k
Shares
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संघीयता विरोधी भएको आरोप लगाएका छन् । सोमबार आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहलाई दिने स–सर्त अनुदान वितरण तथा विभिन्न मन्त्रालयबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएसँगै उनले सञ्चारकर्मीहरूसँग यस्तो आरोप लगाएका हुन् ।
मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहार गर्न मधेस प्रदेशमा पटकपटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्ने लगायतका गतिविधि संघ सरकारले गरेको बताए ।