प्रहरी संगठनमा विधि र प्रक्रिया मिच्दै गृहमन्त्री लामिछाने

19.4k Shares

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि शुक्रबार राति भएको सिफारिस पनि विवादित बनेको छ । सार्वजनिक भाषणमा विधि र प्रक्रियाको कुरा गर्दै आएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्यसविपरीत प्रहरी संगठनलाई नै गिजोल्ने गरी एकपछि अर्काे मनोमानी गर्दै आएका छन् । त्यसको पछिल्लो उदाहरण डीआईजी बढुवा सिफारिस बनेको छ ।

गृहमन्त्री लामिछानेले तीन ब्याच जुनियर एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्न सफल हुँदा हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याचका एसएसपीहरु छुटेका छन् । महानिरीक्षक कुँवरले आफ्नै ब्याचका अधिकृतहरु एसएसपी हुँदाहुँदै जुनियरलाई बढुवा गर्दा प्रहरी संगठनमा चेनअफ कमान्ड कमजोर हुने भन्दै रोक्न प्रयास गरेपनि गृहमन्त्री लामिछानेको ‘जिद्धी’ का अगाडि उनको केही लागेन ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल पहिलो नम्बरमा सिफारिस भएका छन् । दोस्रो नम्बरमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की र तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयका महिला तथा बालबालिका निर्देशनालयका कार्यरत डा. मनोज केसी सिफारिस भएका छन् ।

खासमा अहिले तीन जना डीआईजीको पद मात्र रिक्त भएपनि चार जनाको बढुवा सिफारिस गरिएको छ । चौथो नम्बरमा प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारी बढुवा सिफारिस भएका छन् । १० जेठमा डीआईजी सुरेन्द्र मैनाली उमेर हदका कारण अवकाशमा जाने भएकाले उनको ठाउँमा रिक्त हुने पदमा समेत अहिले नै सिफारिस गरिएको हो ।

यी चार जना डीआईजीमा सिफारिस हुँदा प्रहरी महानिरीक्षक कुँवरकै ब्याचका तीन जना ध्रुुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्दले अहिले एसएसपीमै चित्त बुझाउनु पर्ने अवस्था आएको छ । महानिरीक्षक कुँवरसहित उनीहरु ५ चैत २०५१ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार