मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

18.4k Shares

काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिइन् ।

उनका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको नेपाल सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न लागिएको हो ।

लामो समयसम्म मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन ।

सम्बन्धित समाचार