18.1k
Shares
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो सातौँ विकेट गुमाएको छ । नेपालले सातौँ विकेटका रुपमा रिजन ढकाललाई गुमाएको हो ।
उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किए । रिजनलाई आयरल्यान्डका बलर हमफ्रेयसले एलबीडब्लूको धरापमा पारेका हुन् । हमफ्रेयसले लिएको यो चौथो विकेट हो । १५औँ ओभरको अन्तिम बलमा रिजन आउट हुँदा नेपालले ५१ रन बनाएको छ ।