मनलाग्दी शुल्क लिने निजी विद्यालयलाई काठमाडौं महानगरकै कर्मचारीको संरक्षण

17.3k Shares

काठमाडौं । मनलाग्दी शुल्क लिने निजी विद्यालयमाथिको कारबाहीको साटो काठमाडौं महानगरका कर्मचारीबाटै संरक्षण हुँदै आएको पाइएको छ । काठमाडौं महानगरपालिकामा एक दर्जनबढी निजी विद्यालयले मनलाग्दी शुल्क लिएको विषयमा उजुरी परे पनि कारबाही प्रक्रिया रोक्ने काम कर्मचारीबाटै भएको एक अभिभावकले बताए ।

महानगरमा निजी विद्यालयले मनलाग्दी शुल्क लिने गरेको लामो समय भयो । तर, अभिभावकले दिएको उजुरीको छानबिन गर्नुको साटो महानगरका कर्मचारी र विद्यालय सञ्चालकहरूको मिलेमतो हुने गरेको छ । काठमाडौं महानगरका नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले निजी विद्यालयको शुल्कका विषयमा कडाइ गर्ने भनेका थिए ।

तर, उनकै महानगरका कर्मचारीको मिलेमतोमा बढी शुल्क लिएका विद्यालयलाई सचेत गराउनुको साटो संरक्षण भइरहेको छ । पछिल्लो समय धुम्बाराहीमा रहेको कान्तिपुर बोर्डिङ स्कुलले महानगरमा बुझाएको भन्दा चौगुणा बढीसम्म असुलेको भन्दै अभिभावक कामी शेर्पाले महानगरमा उजुरी दिए । गत २६ मंसिरमा विद्यालयले चर्को शुल्क लिएको भन्दै उजुरी दिए पनि महानगरले छानबिन समिति बनाउने आश्वासन दियो । आश्वासन दिएपछि शेर्पा ढुक्क भएर घर फर्किए ।

तर, महानगरका कर्मचारी स्कुल प्रशासनसँग मिलेर अहिले कारबाही गर्न सक्दैनौं भनेर जवाफ फकाएको शेर्पा बताउँछन् । यी त एउटा प्रतिनिधि घटना मात्रै हुन् । महानगरमा एक दर्जनबढी निजी विद्यालयले बढी शुल्क लिएको भन्दै उजुरी परे पनि कर्मचारीले विद्यालय प्रशासनसँग मिलेर अभिभावकको उजुरीलाई बेवास्ता गर्ने गरेको गुनासो छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार