प्रहरीको अनुसन्धान फितलो देखिएपछि गृहले बनायो अर्को समिति

17.4k Shares

काठमाडौं । ६० किलो सुन तस्करी र भेपमार्फत भएको सुन तस्करीको अनुसन्धानमा कमजोरी देखिएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययनपछि गृह मन्त्रालयले छुट्टै छानबिन समिति बनाएको हो ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा लापारबाही गरेको प्रतिवेदन आयोगले दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी किरण बज्राचार्य र दुई डीएसपीलाई त्यहाँबाट हटाइएको थियो । 

उनीहरूमाथि थप कारबाही गर्न मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले सिफारिस गरेकै प्रतिवेदनलाई थप ‘भेरिफाई’ गर्न समिति बनाइएको हो ।

समितिमा प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयलकै अर्का उपसचिव रामबहादुर शाही सदस्य छन् । 

सम्बन्धित समाचार