६० किलो सुन तस्करी प्रकरण : प्रहरीतर्फै फर्कियो कारबाहीको डन्डा

22.5k Shares

कठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनले प्रहरी संगठन तरंगित भएको छ । 

साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने प्रहरी अधिकारीमाथि नै विभागीय कारबाही सिफारिस भएपछि संगठन नै तरंगित भएको हो ।

आयोगले बिहीबार प्रतिवेदन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो ।

६० किलो सुन तस्करी अनुसन्धानमा खटिएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन एसपी संजय थापा, डीएसपी दुर्गा दाहालसहितका अधिकारी थिए ।

उनीहरूसहित सीआईबीका एआईजी किरण बज्राचार्यलाईसमेत कारबाही सिफारिस भएको छ । त्यस्तै सुन तस्कारीको अनुसन्धान बाहीरका डीएसपी रुगम कुँवरलाईसमेत कारबाही सिफारिस भएको छ ।

एआईजी बज्राचार्यसहित डीएसपी कुवँर र दाहाललाई शुक्रबार त्यहाँबाट फिर्ता बोलाइएको छ ।

सुन तस्करीबारे अनुसन्धान गर्ने प्रमुख कमाण्डर एसपी संजय थापा हाल जिल्ला प्रहरी कार्यालय नुवाकोटमा प्रहरी प्रमुख छन् । उनलाईसमेत जिम्मेवारीबाट हटाउने गृह मन्त्रालयको तयारी छ ।

सम्बन्धित समाचार