एमाले–माओवादी सरकारको आयु एक महिनामात्रै भएको मेटमणि चौधरीको दाबी

16.7k Shares

काठमाडौं– नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा राख्दै उनले यो सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन्।

‘यो सरकार बेठीक नियतको साथ बनेको छ। यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ। बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ। निकै सानो अवसर छ। यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन,’ उनले भने।

नेता चौधरीले सरकार निरन्तर रूपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनलाई घात गरेको आरोप लगाए। प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको पनि उनको दाबी छ।

नेता चौधरीले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गरे। प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिर सिद्ध भएको उनको भनाइ छ। प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए। 

सम्बन्धित समाचार