राष्ट्रिय फुटबलर रोहित चन्दलाई पितृशोक

16.1k Shares

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द तथा अखिल नेपाल फुटबल संघका‌ केन्द्रीय सदस्य रविन्द्र चन्दका पिता अर्जुन चन्दको निधन भएको छ। ६९ वर्षीय चन्दको‌ शुक्रबार राति टिचिङ अस्पतालमा निधन भएको हो।

कलेजोको समस्याका कारण चन्द पछिल्लो एक महिनादेखि उपचार गराइरहेका थिए।चन्दको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनका श्रीमती, छोरी र २ छोरा रहेका छन्।

सम्बन्धित समाचार