महेन्द्रसिंह धोनी र रैनाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा

22.2k Shares

नयाँ दिल्ली । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका धोनीले सबै फम्र्याटमा गरी अहिलेसम्म भारतका लागि ३ सय ३२ वटा खेल खेलेका छन् भने त्यसमध्ये १ सय ७८ वटा खेल जितेका छन् ।
धोनीसँगै अर्का खेलाडी सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । रैनाले ट्विटरमा सन्यासको घोषणा गरेका हुन् । रैना र धोनी निकट सम्बन्ध भएका खेलाडी हुन् ।

सम्बन्धित समाचार