माटोको ढिस्कोले पुरिँदा दुईको मृत्यु, एक घाइते

1k Shares

काठमाडौं । बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना मजदुर गम्भीर घाइते भएका छन्।
आज सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।
मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन् । दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन ।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाईतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ ।

सम्बन्धित समाचार