17.7k
Shares
काठमाडौं । ९६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक हुँदा ‘ओपेनहाइमर’को दबदबा देखिएको छ । यो सिनेमा सर्वाधिक १३ विधामा मनोनयनमा परेको छ ।
‘पुअर थिंग्स’ ११, ‘किलर्स अफ द फ्लावर मुन’ १०, ‘बार्बी’ ८, ‘माएस्ट्रो’ ७ र ‘अमेरिकन फिक्सन’, ‘एनाटोमी अफ अ फल’, ‘द होल्डओभर्स’, ‘द जोन अफ इन्ट्रेस्ट’ समान ५र५ विधामा मनोनयनमा परेका छन् ।
‘ओपेनहाइमर’बाट किलियन मर्फी, एमिली ब्लन्ट र रोबर्ट डाउने जुनियर अभिनयको विधामा मनोनयनमा परेका छन् । क्रिस्टोफर नोलन निर्देशनको विधामा मनोनयनमा परेका छन् ।